Home खेलकुद एचएसएम एथ्लेट मिट–२०२४ सुरु

एचएसएम एथ्लेट मिट–२०२४ सुरु

दौड प्रतियोेगितामा विजयी खेलाडीहरु पदक प्राप्त गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले एचएसएम एथ्लेट मिट २०२४ को आयोजना गरेको छ । बिहिबार बिहान हेटौँडा–४, हुप्रचौरमा म्यानेजमेन्टका व्यवस्थापन समिति अध्यक्ष देवप्रसाद श्रेष्ठले एथ्लेट मिटको उद्घाटन गर्नुभयो । शनिबारसम्म सञ्चालन हुने एथ्लेट मिटमा एथ्लेटिक्सका विविध खेलकुद प्रतियोगिता हुने बताइएको छ ।

कक्षा ११ र १२ मा बाणिज्य र विज्ञान संकाय तथा स्नातक र स्नात्तकोत्तर तहमा बाणिज्य संकायमा पठनपाठन हुने म्यानेजमेन्टले म्यानेजमेन्टले हरेक वर्र्ष एथ्लेट मिट गर्दै आएको छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्की, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधवप्रसाद तिमल्सिना, मकवानपुर जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष प्र्रभाकर पाण्डे, मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख माधव कोइरालाको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version