Home मुख्य समाचार प्रदेश सरकारको बजेटप्रति रेडियो सञ्चालक असन्तुष्ट

प्रदेश सरकारको बजेटप्रति रेडियो सञ्चालक असन्तुष्ट

हेटौंडाः बागमती प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको बजेट बक्तव्य मिडियामैत्री नभएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ (एकोर्‍याब) ले रोष प्रकट गरेको छ । संघको मकवानपुर जिल्ला समन्वय समितिको बैठकपछि आज बुधबार जारी विज्ञप्तीमा सामुदायिक रेडियोसहित अनलाइन, छापा र टेलिभिजनजस्ता माध्यमहरुको प्रवद्र्धनमा सरकारको ध्यान नगएको भन्दै विरोध गरिएको हो ।

संघको मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष राजकुमार केसीद्वारा जारी विज्ञप्तीमा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट मिडियामैत्री नभएको, सञ्जार रजिस्टारको कार्यालय स्थापना गरेर सात प्रदेशमध्ये अब्बल बन्न सफल भएपनि प्रदेश सरकारले सामुदायिक रेडियो, अनलाइन, टेलिभिजन र छापा माध्यमहरुको प्रबद्र्धन र सहकार्यका लागि ठोस योजना नल्याएको उल्लेख छ । साथै बजेटबारे बहस भइरहेकाले संशोधन गरी मिडिया क्षेत्रका लागि समेत बजेट व्यवस्थापन गरी सामुदायिक रेडियो र साना लगानीका मिडियाको प्रबद्र्धनका लागि ध्यान दिन एको¥याबले बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ ।

यसैबीच बैठकले बन्दाबन्दीका बेला रेडियो सञ्चालन गर्दा खर्च भएको बिजुली र टेलिफोनको रकम मिनाहा गर्न वा भुक्तानीमा सहयोग गर्न नेपाल विद्युत प्राधिकरणमार्फत उर्जा मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । मकवानपुरका १० वटै स्थानीय सरकारसँग सामुदायिक रेडियो कार्यक्रमहरुसँग साझेदारी गर्न तयार रहेकाले नीति तथा कार्यक्रम तथा बजेटमै सामुदायिक कार्यक्रमहरु उल्लेख गर्न एकोर्‍याबले माग गरेको छ । मकवानपुरमा सञ्चालित १६ मध्ये ८ वटा सामुदायिक रेडियोहरु रहेका छन् । मुनाफारहित सामुदायिक हीतका लागि सञ्चालित रेडियोहरुले सामाजिक जिम्मेवारीबोध गरी भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजाने निर्णय पनि एकोर्‍याब जिल्ला समन्वय समितिले निर्णय गरेको छ ।

Exit mobile version