Home अर्थ/व्यापार ६० प्रतिशत ढुवानी व्यवसायीबाटः निगम कार्यकारी निर्देशक साह

६० प्रतिशत ढुवानी व्यवसायीबाटः निगम कार्यकारी निर्देशक साह

मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको १३ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक नगेन्द्र साह ।

हेटौंडाः नेपाल आयल निगमका कार्यकारी निर्देशक नगेन्द्र साहले आयल निगमको ६० प्रतिशत काम ढुवानी व्यवसायीले गरेकोे बताउनुभएको छ । शनिबार मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको १३ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनका लागि हेटौंडा आइपुग्नुभएका कार्यकारी निर्देशक साहले यस्तो बताउनुभएको हो ।

उहाँँले पेट्रोल ढुवानीमा व्यवसायीको ठूलो सहयोग रहेको बताउँदै अधिवेशनमा सहमतिमा जानसमेत आग्रह गर्नुभयो । पछिल्लो समय पाइपलाइन विस्तार हुँदा ढुवानी व्यवसायीमा केही असर पर्न गएको उहाँको भनाइ छ । नेपालमा केही समय आर्थिक मन्दी भएका कारण पेट्रोलियम पदार्थ आयात घटेकाले ढुवानीमा समस्या हुने गरेको व्यवसायीको भनाइ थियो ।

कार्यकारी निर्देशक साहले गत वर्ष अघिल्लो वर्षको तुलनमा २ प्रतिशतले पेट्रोल बढी आएको तर डिजल केही कम आयात भएको बताउनुभयो । पाइपलाइन विस्तार हँुदा ढुवानी व्यवसायीले मर्कामा परेको भनेता पनि आयल निगमले वार्षिक ६ देखि ७ अर्ब रुपैयाँ ढुवानीबापत भुक्तानी गर्दै आएको उहाँले जानकारी गराउनुभयो । विगतका दिनमा ढुवानीमा प्रयोग भएको सवारी साधन भारतमा दुर्घटना हुँदा व्यवसायी आफैंले हेर्नुपर्नेमा अहिले निगमले बिमाको व्यवस्था गरेको उहाँको भनाइ छ । ढुवानी भाडामा केही प्राविधिक कठिनाई रहेको बताउँदै लोडिङको खर्च निगमले बेहोर्ने आश्वासन दिनुभयो । पछिल्लो समय पुराना व्यवसायीलाई सहजताका लागि नयाँ ट्याङ्कर आयातमा प्रतिबन्ध लगाएको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मनोजकुमार दासले महंगी बढेसँगै निगमसँग पटकपटक ढुवानी भाडा बढाउन भनेता पनि सुनुवाई नभएको बताउनुभयो । निगमले भडा वृद्धि गर्छु भन्ने तर भाडा बढाएर नदिएको बताउनुभयो । ढुवानीको क्षेत्रमा विस्थापित हुनुपर्ने अवस्था नरहेको भन्दै उहाँले भन्नुभयो, ‘आयल निगमले विस्तार गरेको पाइपलाइनले दैनिक ६ हजार लिटर पेट्रोल आयात गर्छ, तर प्रतिदिन ८ हजार लिटर पेट्रोल खपत हुन्छ ।’ २ हजार लिटर पेट्रोल ढुवानी नै गर्नुपर्ने भन्दै उहाँले ढुवानी व्यवसायी निराश हुनुपर्ने अवस्था नभएको बताउनुभयो । पाइलाइन सबै स्थानमा पुग्न नसकेका कारण ढुवानीका साधनको आवश्यकता उत्तिकै रहेको उहाँको भनाइ छ ।

पहिले पहिले धेरै पेट्रोल चोरी हुने गरेकोमा पछिल्लो सयम बटम लोडिङका कारण चोरीको सम्भावना कम भएको उहाँले बताउनुभयो । कार्यक्रममा ढुवानी व्यवसायीले निगमले ढुवानीमा भाडा वृद्धि नगर्दा, नयाँ प्रविधिको विकास भई पाइपलाइनको विस्तार हुँदा व्यवसायबाट बाहिरिनु पर्ने अवस्था सिर्जना भएको बताएका थिए । कार्यक्रममा मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष दीपक शिवाकोटीले संघले गरेको कार्य प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाले मकवानपुर, चितवन, धादिङ, काठमाडौं, बारा र पर्सा गरी ६ जिल्लाहरुको ट्याङ्कर व्यवसायीहरु समेटेको जानकारी गराउँदै संस्थाको मुख्य कार्यालय हेटौंडा र शाखा कार्यालय अमलेखगञ्ज बारामा रहेको जानकारी दिनुभयो । उहाँले संस्थामा ११५ जना व्यवसायीका २२३ वटा ट्याङ्कर तथा प्रत्यक्ष निर्वाचनमा मतदान गर्ने भोट संख्या १५७ रहेको जानकारी गराउनुभयो ।

२०६८ सालदेखि संस्थाको अध्यक्ष पदमा रही सम्पूर्ण कार्यसमिति सदस्यहरुसँग समन्वय गर्दै विभिन्न उतारचढाव र चुनौतीको समाधान गर्दै आएको बताउनुभयो । बरौनी रुटमा सञ्चालित ट्याङ्करहरु दुर्घटनामा पर्दा यस संस्थाको पहलबाट विभिन्न समयमा भएका दुर्घटनाहरुको समस्या समाधान गर्न तथा नेपाली ट्याङ्कर भारतमा डाँकाबाट लुटिँदा सकुसल ट्याङ्करको उद्दार गर्न सफल रहेको जानकारी गराउनुभयो । उहाँले आगामी दिनमा पेट्रोलियम ढुवानीका ट्याङ्करहरुको दुर्घटना यसै संस्थाबाट व्यवस्थापन गर्ने, भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म पेट्रोलको पाइपलाइन आएपछि बरौनी–अमलेखगञ्ज रुटमा सञ्चालित करिब २ सय ट्याङ्करहरु कामविहीन हुन आएको बताउनुभयो । ट्याङ्करलाई अन्य रुटहरुमा स्थानान्तरण गर्ने, संस्थामा आवद्ध व्यवसायीहरुको हकहितको निमित्त मन, वचन र कर्मले लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

Exit mobile version