Home मुख्य समाचार वैध मुद्दामा काम गर्नेः मन्त्री चित्रकार

वैध मुद्दामा काम गर्नेः मन्त्री चित्रकार

कार्यक्रममा बोल्नु हुँदै मन्त्री रामकृष्ण चित्रकार

हेटौंडाः हेटौंडा–४ स्थित रोटरी क्लब हेटौंडाको सभाहलमा प्रदेश सरकारसँग अन्तक्रिया कार्यक्रम भएको छ । बागमती प्रदेश उद्योग परिसंघको आयोजनामा भएको कार्यक्रम उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले कार्यक्रममा उठेको वैध मुद्दामा काम गर्ने बताउनुभएको छ ।

कार्यक्रममा विभिन्न पदाधिकारीले समस्या उठाएका थिए । औधोगिक नीति तथा कार्यक्रम, ऐन नियमसम्बन्धी भएको कार्यक्रममा मन्त्री चित्रकारको प्रमुख आतिथ्य र बाग्मती प्रदेश उद्योग प्ररिसंघका अध्यक्ष लेखराज पोखरेलको अध्यक्षता रहेको थियो । कार्यक्रममा अध्यक्ष पोखरेलले प्रादेशिक नीति, प्रादेशिक कानुनमा संशोधन गर्नुपर्ने, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने, प्रदेश मन्त्रालयले आफैले निर्णय गरी संशोधन गर्न सक्ने, प्रदेश सरकारले केन्द्रमा सिफारिस गर्नुपर्ने र सार्वजनिक निजी साझेदारी कार्यक्रमका विषयहरुमा प्रस्तुतिकरण गर्नुभएको छ । अन्तक्रिया कार्यक्रममा बागमती प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि, उद्योगी, व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।

प्रदेशमा औद्योगिक क्षेत्रमा गर्न सकिने कामलाई व्यवहारिकरुपमा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा पोखरेलले उद्योग दिवस २०८० मा सहभागीहरुले उठाएका नीतिगत सुधारका विषयमा प्रस्तुतिकरणसमेत गर्नुभएको थियो । उद्योग दिवसको अवसरमा सहभागीहरुले उद्योग सञ्चालनमा प्रादेशिक सरकारले जारी गर्नुपर्ने ऐन नियमहरु स्पष्टरुपमा जारी गर्नुपर्ने र पालनासमेत गर्नुपर्ने, राज्यले लगाएको दोहोरो कर हटाउनुपर्ने, श्रमिकहरुलाई मंहगीको अनुपातमा बाँच्न सकिने गरी तलब भत्ताको व्यवस्था गरिनुपर्ने, उद्योगसँग नेपाल विद्युत् प्राधिकरणले डिमान्ड शुन्क दिरहेको छ र त्यसलाई खारेज गर्नुपर्नेलगायतका माग गरेको छ ।

कार्यक्रमबाट औद्योगिक क्षेत्रमा कमजोर निर्णय निस्किएको बताउनुहुँदै मन्त्री चित्रकारले निस्किएको वैध मुद्दामा काम गर्ने बताउनुभएको हो । उहाँले यस क्षेत्रमा रहेको दृष्टिकोणमा सुधार ल्याउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले स्थानीयमा औद्योगिक कपडाको व्यवस्था, उद्यमीलाई विभिन्न कारण जेल हाल्ने कानुन खारेज, उद्योगको तथ्यांककोे अनुसन्धान विकासका कुरा राखेका थिए ।

Exit mobile version