Home मुख्य समाचार नेपाली कांग्रेस मकवानपुरद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाली कांग्रेस मकवानपुरद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र


हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज मंगलबार ज्ञापनपत्र बुझाएको छ । कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको रोहबरमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

कोरोना संक्रणमणको जोखिम रोक्ने कार्यमा भईरहेको वेवास्ता र भ्रष्टाचार, दैनिक गुजारा चलाउन व्यवस्थित ढंगले राहत उपलव्ध गराउनुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, अर्थतन्त्र उकास्ने काममा तदारुकता दिनुपर्ने, उद्योगी, व्यवसायीको संरक्षण, सम्मानित अदालतको निर्णयको सम्मान गर्नुपर्ने लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी नेपालमार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाईएको हो ।

Exit mobile version