Home मुख्य समाचार भानु माविको व्यवस्थापन समिति अध्यक्षमा चौलागाई

भानु माविको व्यवस्थापन समिति अध्यक्षमा चौलागाई

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित भानु माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा खिलप्रसाद चौलागाई सर्वसम्मत चयन हुनुभएको छ । सर्वसम्मतका लागि शनिबार बसेको बैठकले अभिभावक चौलागाईलाई अध्यक्ष चयन गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

बैठकमा मकवानपुरगढी गाउँपालिका स्रोत शिक्षक तथा गाउँपालिकाका विद्यालय निरीक्षक दाशरथी उपाध्याय भण्डारीले विद्यालय व्यवस्थापन समिति निर्वाचन उपसमितिको प्रतिनिधित्व गर्नुभएको थियो । विद्यालयका पूर्वशिक्षक एवम् विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहनुभएका चौलागाईंको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको हो । अभिभावकहरु सन्तु थिङ (पाख्रिन), हेमकुमारी सञ्जेल, लक्ष्मण भट्टराई, दीलिप लोप्चन र रुक्मणि ढुङ्गाना समितिको सदस्यमा चयन हुनुभएको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।

९ सदस्यीय रहने समितिको सदस्यसचिवमा विद्यालयका प्रधानाध्यापक रहनेछन् भने शिक्षकहरुको तर्फबाट एकजना शिक्षक प्रतिनिधि विद्यालयका शिक्षक तथा कर्मचारीको निर्णयबाट चयन हुनेछन् । साथै, सम्बन्धित वडाका वडा अध्यक्ष वा प्रतिनिधि पनि समितिको सदस्य रहनेछन् । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५ सय २५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Exit mobile version