Home मुख्य समाचार पूर्वराजाको स्वागतमा राखिएको ब्यानरप्रति बागमती प्रदेशको हस्तक्षेप

पूर्वराजाको स्वागतमा राखिएको ब्यानरप्रति बागमती प्रदेशको हस्तक्षेप

हेटौंडाः आइतबार हेटौंडा आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न बनाइएको गेटमा लेखिएको ब्यानरप्रति बागमती प्रदेशले हस्तक्षेप गरेको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको निर्देशनमा संविधान विपरीत पूर्वराजाको स्वागतमा ब्यानर र गेट बनाइएको भन्दै प्रहरीले गेटमा लेखिएको ब्यानर सच्याउन लगाएको हो ।

पूर्वराजाको स्वागतका लागि हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानमा राजावादीहरूले ‘राजा ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ उल्लेखित स्वागतद्वार निर्माण गरेका थिए । मन्त्री श्रेष्ठले गेट हटाउन लगाउनुभएको थियो । गेट हटाउन लाग्ने क्रममा केही विवाद भएपछि राजावादीहरूले हेटौंडा–१०, भूटनदेवी मन्दिर परिसरको ब्यानरमा ‘राजा’ शब्दअघि ’पूर्व’ शब्द थपी ब्यानर राख्न दिइएको प्रहरीले जनाएको छ ।

शाह हेटौंडाको विभिन्न धार्मिक क्षेत्रहरुको अवलोकन भ्रमण तथा पूजाआराधना गरी फर्कनुभएको छ । स्वागतद्वारप्रति प्रदेश सरकारले आपत्ति जनाएको भन्दै राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले असन्तुष्टि व्यक्त गर्नुभयो ।

Exit mobile version