Home मुख्य समाचार किशोरी यौनशोषण प्रकरणः पीडक पक्राउ परेनन्

किशोरी यौनशोषण प्रकरणः पीडक पक्राउ परेनन्

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ की एक युवतीले आफूलाई ब्ल्याकमेल गरी पटकपटक यौनशोषण गरेको भन्दै प्रहरीमा जाहेरी दिएको तीन साता पूरा भएको छ । सोही ठाउँका २४ वर्षीय युवकले आफ्नो नग्न तस्वीर खिचेर ब्ल्याकमेल गरी निरन्तर यौनशोषण गरेको भन्दै किशोरीले गत पुस ११ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिइन् ।

तर, उजुरी दिएकोे तीन साता पूरा भएपनि आरोपित युवा अझै फरार छन् । प्रहरीले हालसम्म उनलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले उनको खोजी कार्य भइरहेको बताउनुभयो । पीडित युवतीले ९ कक्षा पढ्दादेखि नै चिनेको उक्त युवकले गत बैशाखमा किशोरीको कोठामै गएर नग्न तस्वीर खिचेर ब्ल्याकमेल गर्न सुरु गरेको प्रहरीमा दर्ता गरेको जाहेरीमा उल्लेख गरेकी छन् । ती युवकले किशोरीको फेसबुक आइडीसमेत लिएर किशोरीको नग्न तस्वीर राखेर यौनकर्मीको रुपमा प्रचारसमेत गरिदिएको पीडितको आरोप छ ।

Exit mobile version