हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी पाँचौं संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको । शनिबार सेमिफानल खेल सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको हो ।
प्रतियोगिताको जुनियतर्फ र सिनियरतर्फको दुबै फाइनल खेल आज आइतबार हुनेछ । सिनियरतर्फको उपाधिका लागि वडा नम्बर ९ र वडा नम्बर ५ भिड्ने भएका छन् । वडा नम्बर १० र ११ बिच जुनियरतर्फको फाइनल खेल हुनेछ । शनिबार भएको सिनियरतर्फको अन्तिम सेमिफाइनल खेलमा वडा–९ ले वडा–३ लाई टाइब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयामा ३–३ गोलको बराबरीमा रोकिएर खेल टाइब्रेरका पुगेको थियो ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ लाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै वडा नम्बर ५ फाइनलमा प्रवेश गरेका थियो । खेलको म्यान अफ द म्याच छेवाङ लामा भएका छन् । प्रतियोगितामा सिनियरतर्फ ७ टिम र जुनियरतर्फ ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता सिनियर र जुनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।
