Home समाचार २३ जनाले रक्तदान गरे

२३ जनाले रक्तदान गरे

रक्तदान गर्दौ रत्तदाताहरु

हेटौँडाः मानवेश्वर युवा क्लबको आयोजनामा २३ जनाले रक्तदान गरेका छन् । शनिबार बिहान हेटौँडा–९, धापटोलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा वडाअध्यक्ष सुकराम केसीले पनि रक्तदान गर्नुभयो । रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

यसअघि बिहिबार र शुक्रबार पनि रक्तदान कार्यक्रम भएको थियो । बिहिबार हेटौँडा–१७, हटियास्थित हटिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए भने शुक्रबार सानिमा बैंकको हेटौँडा शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए ।

Exit mobile version