Home मुख्य समाचार गोरक्षनाथ माविको प्रधानाध्यापकमा श्रेष्ठ

गोरक्षनाथ माविको प्रधानाध्यापकमा श्रेष्ठ

श्री गोरक्षनाथ माध्यमिक विद्यालयकी नयाँ प्रधानाध्यापक मीना श्रेष्ठ

हेटौंडाः हेटौंडा–१८, हर्नामाडीमा रहेको श्री गोरक्षनाथ माध्यमिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गरिएको छ । मंसिर १२ गते मीना श्रेष्ठ विद्यालयको नयाँ प्रधानाध्यापक चयन हुनुभएको हो ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको निर्णयअनुसार श्रेष्ठलाई प्रधानाध्यापक नियुक्त गरिएको श्रेष्ठले बताउनुभयो । विद्यालयका शिक्षकमध्ये आफू पेसाप्रति लगनशील र अनुभवी रहेको प्रधानाध्यापक श्रेष्ठले दावी गर्नुभयो । लामो समयदेखि विद्यालयमा कार्यरत रहेको र विद्यालयका गतिविधिमा उत्कृष्ट कार्य गरेकाले आफूलाई प्रधानाध्यापक बनाइएको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version