Home समाचार जेसीज सप्ताह सम्पन्न

जेसीज सप्ताह सम्पन्न

जेसीज सप्ताहअन्तर्गत आयोजित स्लो स्कुटी प्रतियोगितामा सहभागीहरु ।

हेटौँडाः जेसीआई हेटौँडा लेडीको जेसीज सप्ताह सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको जेसीज सप्ताह शनिबार समापन गरिएको हो । ४ दिनमा विविध ७ वटा कार्यक्रम गर्दै जेसीज सप्ताहको समापन गरिएको हो ।

जेसीआई हेटौँडा लेडीले जेसीज सप्ताहअन्तर्गत आश्रमलाई सहयोग, रक्तदान, स्लो स्कुटी प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, बैठक सञ्चालनसम्बन्धी प्रशिक्षण तथा शैक्षिक सामग्री वितरणको कार्य गरेको थियो । शनिबार जेसीआई हेटौँडा लेडीकी अध्यक्ष डिलमाया घर्तीको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा जेसीज सप्ताह समापन समारोह भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, हेटौँडा उपमहानगरपालिका ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापा, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष रश्मि बस्नेत, उपाध्यक्ष शोनी श्रेष्ठ, जेसीआई हेटौँडाका अध्यक्ष श्रवण बर्तौलाको पनि आतिथ्य रहेको थियो । समापन समारोहमा प्रतियोगितात्मक कार्यक्रममा सहभागीलाई पुरस्कार वितरण गरिएको थियो भने सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Exit mobile version