Home खेलकुद मनहरीमा फुटबल प्रतियोगिता हुने

मनहरीमा फुटबल प्रतियोगिता हुने

फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा यही कार्तिक २० गतेदेखि प्रथम वडा अध्यक्ष भिमान स्मृति ९ ए साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । मनहरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

पालिकाले मुख्य चाड तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा खेलाडीहरुबीच भातृत्व कायम गर्ने लक्ष्यसहित प्रतियोगिताको आयोजना गर्न लागेको पालिका खेलकुद विकास समितिका संयोजक सुकराम मोक्तानले बताउनुभयो । प्रतियोगिता गाउँपालिका भित्रका वडाका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो । नकआउट प्रणालीमा हुने प्रतियोगितामा १५ वटा टिमको सहभागिता हुन सक्ने अनुमान गरिएको उहाँको भनाई छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको जनाएको छ । प्रतियोगितामा करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Exit mobile version