Home खेलकुद आइसीसी विश्वकप क्रिकेटः टस जितेर इंग्ल्याण्ड फिल्डिङ गर्दै

आइसीसी विश्वकप क्रिकेटः टस जितेर इंग्ल्याण्ड फिल्डिङ गर्दै

trophy

हेटौँडाः भारतमा जारी एक दिवसीय आइसिसी पुरुष क्रिकेट विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार तालिकाको शीर्षस्थानको भारत र पुछारको इंग्ल्याण्डबीच खेल हुँदैछ । भारत र इंग्ल्याण्डबीचको खेल लखनउस्थित अटलबिहारी बजपेयी रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । टस जितेर इंग्ल्याण्डले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

भारतले पहिले व्याटिङ गर्ने भएको छ । अपराजित भारत यसअघिका ५ वटा खेलमा जित निकाल्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ भने इंग्ल्याण्डले ५ मध्ये ४ खेलमा हार व्यहोर्दै २ अंकसहित तालिकाको पुछारमा रहेको छ । समान १० अंक भए पनि ६ खेल खेलेको दक्षिण अफ्रिका नेट रनरेटका आधारमा शीर्षस्थानमा छ । आजको खेलमा जित निकाल्दै भारत शीर्षस्थानमा उक्लने योजनामा रहनेछ भने साविक विजेता इंग्ल्याण्ड जित निकाल्दै सेमीफाइनल खेल्ने सम्भावनालाई जिवितै राख्न चाहान्छ ।

Exit mobile version