Home खेलकुद उपमहानगर कप टि–२० क्रिकेटः सेमीफाइनल समीकरण पूरा

उपमहानगर कप टि–२० क्रिकेटः सेमीफाइनल समीकरण पूरा

म्यान अफ द म्याच ओमनगरका असिम श्रेष्ठ ।

हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा जारी उपमहानगरपालिका कप टी–२० क्रिकेट प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ । शनिबार समूह चरणका अन्तिम दुइखेल सम्पन्न भएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । अब फाइनल प्रवेशका लागि आज आइतबार बिहान पहिलो सेमीफाइनल खेल नारायणी कलेज र ओमनगर क्रिकेट क्लबबीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल मकवानपुर क्रिकेट क्लब र कमाने क्रिकेट क्लबबीच दिउँसो हुनेछ ।

यसअघि शनिबार भएको खेलमा ओमनगर र नारायणी कलेज विजयी भएको थियो । हेटौँडाको हुप्रचौरमा भएको पहिलो खेलमा ओमनगर क्रिकेट क्लबले मकवानपुर क्रिकेट क्लबलाई ६ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङमा उत्रिएको ओमनगर क्रिकेट क्लबले २० ओभरमा ८ विकेट गुमाएर १२० रन बनाएको थियो । जवाफी व्याट्रिमा उत्रिएको मकवानपुर क्रिकेट क्लब २० ओभरमा ८ विकेट गुमाएर ११४ रनमा सीमित भयो । म्यान अफ द म्याच ओमनगरको असिम श्रेष्ठ घोषित भए । ओमनगरको तर्फबाट असिम श्रेष्ठले २२ रन बनाएर ३ विकेट लिएका थिए ।

यस्तै शनिबार नै भएको दास्रो खेलमा नारायणी कलेजले नवज्योति क्रिकेट क्लबलाई ६२ रनले पराजित गरको छ । टस जितेर पहिले व्याटिङ गरेको नारायणीले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाउन सफल भयो । जवाफी व्याटिङमा उत्रिएको नवज्योति २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सफल भएको थियो । म्यान अफ द म्याच नारायणी कलेजका सुवेन्द्र पासवान घोषित भए । म्यान अफ द म्याच हुन सफल भएका खेलाडीहरुले पुरस्कार स्वरुप नगद १ हजार रुपैयाँ र शिल्ड मेडल प्राप्त गरे ।

प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यावस्था गरिएको छ ।

Exit mobile version