Home मुख्य समाचार ग्रामीण असहायको साधारणसभा, अध्यक्षमा काफ्ले

ग्रामीण असहायको साधारणसभा, अध्यक्षमा काफ्ले

साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रमुख मीना कुमारी लामा

हेटौँडाः हेटौँडा–११ स्थित ग्रामीण असहाय बालबालिका सामुदायिक पुनस्र्थापना केन्द्रको पन्ध्रौ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । जोखिममा रहेका बालबालिकाको संरक्षण र शिक्षामा सहयोग गर्दै आएको केन्द्रकी अध्यक्ष सुमित्रा काफ्लेको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष जुना दाहाल, हेटौँडा उपमहानगरपालिकाको महिला तथा बालबालिका विकास महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेको पनि उपस्थिति रहेको थियो ।

केन्द्रले जोखिममा रहेका २६ जना बालिका तथा किशोरीलाई आफ्नै बालगृहमा राखी उनीहरुको शिक्षा र सीप विकासमा केन्द्रले आवश्यक कार्य गर्दै आएको छ । साधारणसभामा अध्यक्ष काफ्लेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । केन्द्रले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकासँगै बागमती, बकैया र राक्सिराङ गाउँपालिकाका बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको छ । विद्यालय तहमा अध्ययनरत २ हजार २ सय ५२ जना विद्यार्थीलाई विद्यालय पोशाकसँगै शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।

केन्द्रले विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकका लागि विद्यार्थी सहयोग परियोजनाका बारेमा अभिमुखीकरण गरेको कार्यक्रम संयोजक केदार आचार्यले जानकारी दिनुभएको छ । साधारणसभाले सुमित्रा काफ्लेकै अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । केन्द्रको उपाध्यक्षमा कृष्णगोपाल बर्तौला, सचिवमा महेन्द्र चापागाई, कोषाध्यक्षमा गुणराज पाठक, सदस्यमा प्रद्युम्न उपाध्याय, सुवाषचन्द्र कट्टेल, हरिकुमार शर्मा, प्रेमा सुवेदी र अजिता कटुवाल निर्वाचित सर्वसम्मत निर्वाचित भएका छन् ।

Exit mobile version