खड्गी सेवा समाज मकवानपुर गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः मकवानपुरमा खड्गी समाज गठन गरिएको छ । शनिबार हेटौँडामा भएको एक भेलाले खड्गी जातिको भाषा, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खड्गी सेवा समाज मकवानपुर गठन गरिएको बताइएको छ ।

अनिल खड्गेको अध्यक्षता तथा हेटौँडा अस्पतालका डा. रुपेन्द्र खड्गीको प्रमुख आतिथ्यमा भेला भएको हो । भेलाले सुक्रम खड्गीको अध्यक्षतामा खड्गी सेवा समाज मकवानपुर गठन गरेको छ । समाजको उपाध्यक्षमा श्यामकृष्ण खड्गे र राजु खड्गी, महासचिवमा श्रीकृष्ण खड्गी, सचिवमा अपिलराज खड्गे, कोषाध्यक्षमा बिमला शाही, सदस्यमा दिपेश शाही, मोहन शाही, सुरिना खड्गे, प्रिया शाही, प्रिती खड्गी, सन्नी खड्की र रोजल शाही चयन हुनुभएको छ ।

भेलाको अवसरमा ७० वर्षदेखि ९२ वर्षसम्मका १८ जना ज्येष्ठ नागरिकलाई पनि सम्मान पनि गरिएको थियो । नवनिर्वाचित अध्यक्ष सुक्रम खड्गीले खड्गी समुदायको भाषा, संस्कृति, भेषभुषाको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि आवश्यक कार्य गरिने बताउनुभएको छ । खड्गी समुदायको संस्कृतिको रुपमा रहेको बाजाको प्रचलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुँदै नवनिर्वाचित महासचिव श्रीकृष्ण शाहीले युवा पुस्तालाई आफ्नो भाषा, संस्कृतिको संरक्षणमा सक्रिय गराउन आवश्यक रहेको बताउनुभयो । भेलामा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, माच्छामासु व्यवसायी संघ मकवानपुरका अध्यक्ष शान्तकी खड्गी, हेटौँडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको पनि उपस्थिति रहेको थियो ।