हेटौंडाः प्रहरीको गस्ती टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका–४ र ५ नम्बर वडामा अन्दाजी १० बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती फँडानी गरी नष्ट गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार सोमबार प्रहरीले लागुऔषध गाँजा फँडानी गरेको हो । यसअघि आइतबार पनि प्रहरीले लागुऔषध गाँजा खेती फँडानी गरेको थियो ।
