Home मुख्य समाचार शिक्षकको परीक्षामा ८० प्रतिशत सहभागी

शिक्षकको परीक्षामा ८० प्रतिशत सहभागी

फाइल तस्वीर ।

हेटौँडाः शिक्षक सेवा आयोगले शनिबार सञ्चालन गरेको निम्न माध्यमिक तहको विषयगत परीक्षामा ८० प्रतिशत परीक्षार्थी उपस्थित भएका छन् । बागमती प्रदेशबाट परीक्षा आवेदन फारम भरेर पहिलो चरणको परीक्षा उत्तीर्ण गरेका २ हजार ८ सय ३ जनामध्ये ८० प्रतिशत परीक्षार्थी उपस्थित भएका हुन् ।

हेटौँडाका विभिन्न १३ वटा परीक्षा केन्द्रबाट परीक्षार्थीले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले हेटौँडा–१ स्थित अमर मावि, हेटौँडा–२ स्थित सिद्धार्थ मावि, बालजागृति इंग्लिस सेकेण्डरी स्कुल, हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, श्रमिक मावि, हेटौँडा–५ स्थित बालज्योति मावि र हेटौँडा–१० स्थित ज्ञानदा माविमा परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

Exit mobile version