Home मुख्य समाचार बागमती पहिरो अपडेटः अर्का एकजनाको शव फेला

बागमती पहिरो अपडेटः अर्का एकजनाको शव फेला

हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोमा परी बेपत्ता भएका अर्का एक जनाको शव फेला परेको छ । बुधबार दिउँसो १ बजेर ४० मिनेटको समयमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ स्थित बागमती खोलाको बगरमा ६० वर्षीय अक्कल बहादुर स्याङ्तानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा २२ वर्षीया शिला पहरीको शव फेला परेको थियो । पहिरोमा परेका ३ जना अझै बेपत्ता छन् । २५ वर्षीय जीवन पहरी, ४ वर्षीय मिलन पहरी र आन्दाजी डेढ वर्षीया दिव्या पहरीको खोजी कार्य भइरहेको छ । मंगलबार बिहान आएको पहिरोमा परी ५५ वर्षीया सन्तमाया स्याङ्तानको भने उपचारको क्रममा मृत्यु भएको थियो । यस्तै पहिरोमा परी बेपत्ता भएका १७ वर्षीय पासाङ घिसिङको भने मंगलबार दिउँसो ४ बजेतिर घाइते अवस्थामा उद्धार गरिएको थियो । घिसिङको अहिले हेटौंडामा उपचार भइरहेको छ ।

Exit mobile version