Home मुख्य समाचार स्ववियु निर्वाचितलाई प्रशिक्षण

स्ववियु निर्वाचितलाई प्रशिक्षण

हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसको आयोजनामा मकवानपुर जिल्लाका विभिन्न क्याम्पसमा हालै निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी तथा सदस्यहरुका लागि प्रशिक्षण कार्यक्रम भएको छ । विद्यार्थीको नेतृत्व तथा क्षमता विकासका लागि प्रशिक्षणको आयोजना गरिएको स्ववियु हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीले जानकारी दिनुभएको छ ।

सोमबार हेटौंडा क्याम्पसमा भएको प्रशिक्षणमा युवा अभियन्ता एवम् हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्पण पराजुलीले अबको नेतृत्व र नेतामा हुनुपर्ने गुणहरु, हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिक्देलले स्ववियुको इतिहास र अबको स्ववियु र स्ववियुको काम तथा योग गुरु रामकृष्ण थापाले योग र योग आजको आवश्यकताका विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा मकवानपुर बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, हटिया–जनप्रिय बहुमुखी क्याम्पस, बंशगोपाल बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसका स्वावियु पदाधिकारीको सहभागिता रहेको थियो ।

लामो समयपछि स्ववियु निर्वाचन भएको सन्दर्भमा निर्वाचित विद्यार्थी साथीहरुलाई स्ववियुको भूमिका र जिम्मेवारीका विषयमा जानकारी प्रदान गर्ने र सकारात्मक भूमिका निर्वाहका लागि सहयोग गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हेटौंडा क्याम्पस स्ववियु अध्यक्ष अभि मैनालीले बताउनुभएको छ ।

Exit mobile version