Home अर्थ/व्यापार प्रदेश प्रमुखलाई महालेखा परीक्षकको प्रतिवेदन

प्रदेश प्रमुखलाई महालेखा परीक्षकको प्रतिवेदन

प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाइँदै ।

हेटौंडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई महालेखा परीक्षक कार्यालयले बुधबार पाँचौं वार्षिक प्रतिवेदन बुझाएको छ । कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले प्रदेश प्रमुख शर्मालाई बुझाउनुभएको हो ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले प्राप्त प्रतिवेदनले वित्तीय सुशासन कायम गर्न प्रभावकारी भूमिकाका लागि सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । समयमै प्रतिवेदन पेश गरेकोमा खुशी व्यक्त गर्नुहुँदै प्रदेश प्रमुख शर्माले सरकारी कार्यालयमा बढ्दो बेरुजु घटाउन विधिअनुसार चल्न, सही समयमा कार्यसम्पादन गर्न प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव पनि दिनुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Exit mobile version