हेटौंडाः नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल हेटौंडा वडा नम्बर १२ कमिटीको आयोजनामा खुला दौड प्रतियोगिता हुने भएको छ । आगामी शनिबार प्रतियोगिता हुने राष्ट्रिय युवा संघ नेपाल हेटौंडाका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो ।
पार्टीको मिसन ग्रासरुटअन्तर्गत् प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । युवा संघ हेटौंडा उपमहानगर कमिटीको बैठक बसेर सबै वडामा संघले केही कार्यक्रम गर्ने निर्णय गरेअनुसार १२ नम्बर वडाले खुला दौड आयोजना गरेको उहाँल बताउनुभयो । अन्य वडाले रक्तदान, भलिबललगायत अन्य सामाजिक क्रियाकलाप गर्ने उहाँल जानकारी दिनुभयो ।
प्रतियोगितामा महिला पुरुष दुबैले सहभागी जनाउन पाउनेछन् । हेटौंडा–१२, सिग्रेनीस्थित सोल्टीचोकदेखि हात्तीगौंडा पिपलबोटसम्म करिब २ किलोमिटर दौडनु पर्नेछ । प्रतियोगिता शनिबार बिहान ७ बजेर ३० मिनेटमा हुने अध्यक्ष नगरकोटीले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । अन्य ६ जनालाई नगद १ हजार रुपैयाँ प्रदान गरिनेछ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम हुने जनाइएको छ ।
