Home मुख्य समाचार पदमपोखरीमा ३१ जनाद्वारा रक्तदान

पदमपोखरीमा ३१ जनाद्वारा रक्तदान

पदमपोखरीमा रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः हेटौंडा–१३, पदमपोखरीमा आयोजित रक्तदान कार्यक्रममा बिहीबार ३१ जनाले रक्तदान गरेका छन् । संयुक्त मण्डली पास्टर एकता संगतीको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

संयुक्त मण्डली पास्टरका चन्द्र कुमार लामाको अध्यक्षता तथा १३ नम्बर वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । भोलि शुक्रबार पनि संयुक्त मण्डलीकै आयोजनामा हेटौंडाको बुद्धचोक र मनहरी गाउँपालिकामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । पछिल्लो समय रक्तदान कार्यक्रम नियमित भइरहेकोले रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको उपलब्धता सहज भएको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि चैत २५ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्दैछ । यस्तै चैत २८ गते फाखेलमा, र्चैत ३० गते हेटौंडा–६, चौघडास्थित नवजीवन ज्योति क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

Exit mobile version