हेटौंडाः थाहा नगरपालिका–८ चौतरामा लागू औषध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि स्थान का ५७ वर्षीय लाल बहादुर घलान र ५३ वर्षीय शेर बहादुर घलान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
बुधबार दिउँसो १ बजेको समयमा लाूऔषध विक्रि वितरण गर्ने गरेको विशेष सुचनाको आधारमा प्रहरी टोलि खटिगई खानतलासी गर्दा लाल बहादुर घरबाट ४५ किलो र शेर बहादुर घरबाट ६३ किलो गरी १०८ किलो धुलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । शेर बहादुर फरार रहेको प्रहरीले जनाएको छ । लागूऔषध गाँजा सहित लाल बहादुरलाई नियन्त्रण्मा लिएको र शेर बहादुरको खोजि कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।
