हेटौंडाः बुधबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभर्याङमा दुर्घटनामा परी मृत्यु हुने महिलाको पहिचान खुलेको छ ।
बुधबार बिहान ५ बजेर ५० मिनेटको समयमा मधेश प्रदेश ०३–००१ च ६९४३ नम्बरको पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुने महिला हेटौंडा–१४, नयाबस्तीकी ५० बर्षीया शान्तिमाया मोक्तान भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको पिकअप गाडीले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो ।