Home मुख्य समाचार लकडाउनका बेला रगतको अभाव टार्न हेटौंडामा ५० जनाद्वारा रक्तदान

लकडाउनका बेला रगतको अभाव टार्न हेटौंडामा ५० जनाद्वारा रक्तदान

हेटौंडाः लकडाउनका बेला रगतको अभावलाई टार्न आज हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । आज बिहान हेटौंडा–१, चाइनाक्वार्टरस्थित अमर मावि परिसरमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

हेटौंडा–१, चाइनाक्वाटरस्थित फुटबल क्लब चाइना एफसीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रमको आयोजना गर्दा क्लबले भौतिक दुरि कायम राखेर व्यवस्थित गरेको थियो । चाइना एफसीका अध्यक्ष युनाल मल्लको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको विशेष आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।

रक्तसञ्चार केन्द्र हेटौंडाका रगतको अभाव नभए पनि मागअनुसार वितरणका लागि आजको रक्तदान कार्यक्रमले सहयोग पुगेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । लकडाउनका बेला विभिन्न संघ, संस्थाले रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान कार्यक्रमको आयोजना गरिरहेका छन् ।

Exit mobile version