Home स्वास्थ्य लकडाउनका बेला रगतको अभाव टार्न हेटौंडामा रक्तदान हुँदै

लकडाउनका बेला रगतको अभाव टार्न हेटौंडामा रक्तदान हुँदै

हेटौंडाः लकडाउनका बेला रगतको मागलाई धान्न आज हेटौंडा–१, चाइनाक्वार्टरस्थित अमर मावि परिसरमा रक्तदान कार्यक्रम सुरु भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको रक्तदान कार्यक्रम ९ बजेसम्म चल्नेछ । हेटौंडा–१, चाइनाक्वाटरस्थित फुटबल क्लब चाइना एफसीले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रमको आयोजना गर्दा क्लबले भौतिक दुरि कायम राखेर व्यवस्थित गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका स्वास्थ्यकर्मी किशोर सापकोटाले जानकारी दिनुभयो । लकडाउनका बेला विभिन्न संघ, संस्थाले रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान कार्यक्रमको आयोजना गरिरहेका छन् ।

Exit mobile version