Home मुख्य समाचार राप्ती खोलामा डुबेर लिम्बुको मृत्यु

राप्ती खोलामा डुबेर लिम्बुको मृत्यु

साङ्केतिक तस्विर

हेटौंडाः राप्ती खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमफेदी गाउँपालिका–१, बयलबासकी ४३ वर्षीया मुना लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार साँझ ६ः३० बजेको समयमा राप्ती खोलामा माछा मार्ने क्रममा अचानक छारे रोग लागि खोलामा लडि पानीमा डुबेर लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । मुचुल्का पश्चात लिम्बुको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version