हेटौंडाः बुधबार हेटौंडामा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा अखिल नेपाल महिला संघले हेटौंडाको बुद्धचोकमा बुधबार बिहान आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । यस्तै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसरमा जिल्ला अदालत बार एसोसिएसन मकवानपुरको महिला समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ जनाले रक्तदान गरेका छन् ।
यसअघि मंगलबार हेटौंडा–१५, रातोमाटेस्थित चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । अब आगामी चैत ४ गतेका लागि रक्तदान कार्यक्रम निश्चित भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ ।
