Home मुख्य समाचार श्रमिक टोल विकास संस्थालाई टेबलटेनिस बोर्ड

श्रमिक टोल विकास संस्थालाई टेबलटेनिस बोर्ड

श्रमिक टोल विकास संस्थाका अध्यक्ष इन्द्र प्रसाद ढुङ्गेललाई टेबलटेनिस बोर्ड हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष रामकृष्ण थापा ।

हेटौंडाः हेटौंडा–८ स्थित श्रमिक टोल विकास संस्थालाई टेबलटेनिस बोर्ड, ब्याट हस्तान्तरण गरिएको छ । वडा कार्यालयले शनिबार एक कार्यक्रम गरी संस्थालाई सामग्री हस्तान्तरण गरेको स्थानीय सुवास ढुङ्गेलले जानकारी दिनुभयो ।

वडा कार्यालयको ५० हजार रुपैयाँ लागतमा टेबलटेनिस खेल सामग्री हस्तान्तरण गरिएको ढुंगेलले जानकारी दिनुभयो । वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्य तथा टोल विकास संस्थाका अध्यक्ष इन्द्र प्रसाद ढुङ्गेलको अध्यक्षतामा खेल सामग्री हस्तान्तरण कार्यक्रम भएको हो ।

Exit mobile version