Home मुख्य समाचार राक्सिराङमा चैत ३ बाट वार्षिक परीक्षा

राक्सिराङमा चैत ३ बाट वार्षिक परीक्षा

फाइल तस्बिर

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा आगामी चैत ३ गतेदेखि विद्यालय तहको वार्षिक परीक्षा सञ्चालन हुने भएको छ । आइतबार विद्यालय तहको वार्षिक परीक्षा तालिका सार्वजनिक गर्दै ११ गतेसम्म परीक्षा सञ्चालन हुने जनाइएको छ ।

पहिलो सिफ्टमा कक्षा १, २, ३, ६ र ७ को बिहान १० बजेदेखि परीक्षा सञ्चालन हुनेछ । दोस्रो सिफ्टमा कक्षा ४, ५ र ९ को दिउँसो १ बजेदेखि परीक्षा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । कक्षा १ देखि कक्षा ५ सम्मका परीक्षा भने १० गते सकिनेछ । परीक्षाको पहिलो दिन सबै कक्षाको अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।

Exit mobile version