Home मुख्य समाचार बालमैत्री घोषणा तयारीमा रहेको हेटौंडामा बालविवाह रोकियो

बालमैत्री घोषणा तयारीमा रहेको हेटौंडामा बालविवाह रोकियो

गुगल तस्बिर ।

हेटौंडाः बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकामा दुई वडामा बालविवाह रोकिएको छ । वडा सहजकर्ता तथा सम्पर्क व्यक्तिको सक्रियतामा हेटौंडा उपमहानगरको १४ र १७ नम्बर वडामा बालविवाह रोकिएको हो । दुबै वडामा फागुन १० गते हुन लागेको विवाह रोकिएको हो ।

गाउँमा १८ बर्ष भन्दा कम उमेरका बालबालिकाको विवाहका लागि दुवै पक्ष तयारी अवस्थामा रहेको जानकारी पाएपछि कानुनी आधारमा विवाह गर्नका लागि नमिल्ने भनी जानकारी गराउँदै बालविवाह रोकिएको उपमहानगरका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ ।

नगरलाई बालमैत्री घोषणाको तयारीमा रहँदा महाशाखाबाटै वडा र विद्यालयहरुमा सचेतनाका कार्यक्रम सञ्चालनका क्रममा जाँदा वालविवाह हुँदै गरेका जानकारी पाएपछि वडा सहजकर्ता र वडा कार्यालयले तोकेको सम्पर्क व्यक्तिलाई परिचालन गरेर विवाह रोक्ने कार्य भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यसअघि हेटौंडा उपमहानगरपालिका १९ मा वडा कार्यालय र जनप्रतिनिधिको सक्रियतामा बालविवाह रोकिएको थियो ।

बालमैत्री उपमहानगर घोषणाको तयारीका क्रममा विभिन्न होटल तथा व्यावसायिक क्षेत्रमा प्रयोग भएका ७ जना बालबालिकालाई पुनःस्थापनाको काम गरेको महशाखाले जनाएको छ । अहिले यसै क्षेत्रका भन्दा पनि बाह्य जिल्लाबाट आएर हेटौंडाका विभिन्न होटल तथा अन्य क्षेत्रका काम गर्ने बालबालिकाहरु रहेको बताइएको छ । बाह्य जिल्लाबाट आएर काममा रहेका ३ जना बालबालिकालाई संस्थागत रुपमा पुनःस्थापनाको काम भएको र ति मध्ये एकजना हेटौंडामै परिवारबाट छुटाएर राखिएको महाशाखाले जनाएको छ ।

केहीलाई पारिवारिक रुपमा पुनःस्थापनाको काम गरिएको छ । पारिवारिकरुपमा बालबालिकाको ख्याल पूर्णरुपमा नगर्ने, बाबु–आमा अव्यवस्थित ढंगबाट सडकमा नै रहने गरेकाले बच्चाको स्वास्थ्य अवस्था र लालनपालनलाई ख्याल गर्दै संस्थागत रुपमा पुनःस्थापनाको काम गरिएको हो । विभिन्न समस्यामा परेको बालबालिकाको पुनःस्थापना र व्यवस्थापनका लागि बालकोष स्थापना गरेका काम थालिएको महाशाखाले जनाएको छ ।

Exit mobile version