हेटौंडाः बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशभर सञ्चालन गरेको पीपीआर रोगबिरुद्धको सप्ताहव्यापी खोप अभियान सम्पन्न भएको छ । सात दिनमा बागमती प्रदेशका ६ हजार ७५ वटा भेडा र ९ लाख ७३ हजार एक सय २७ वटा बाख्रा गरी ९ लाख ७९ हजार २ सय २ वटा भेडा बाख्रालाई खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।
सप्ताहव्यापी खोप कार्यक्रममा ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्र सञ्चालन भएको पोखेरेलले बताउनुभयो । पोखरेलका अनुसार अभियानबाहेक अन्य समयमा समेत मन्त्रालयले भेडा बाख्रालाई खोप लगाउँदै आइरहेको छ ।
