Home अर्थ/व्यापार हेटौंडामा मोटरसाइकल किनेका निजगढका बुद्धिबहादुरलाई लक्की ड्रमा एक लाख

हेटौंडामा मोटरसाइकल किनेका निजगढका बुद्धिबहादुरलाई लक्की ड्रमा एक लाख

हेटौंडाः हेटौंडाको डिलरबाट बजाज कम्पनिको मोटरसाइकल खरिद गरेका निजगढका बुद्धिबहादुर दोङले लक्की ड्रमा एक लाख रुपैयाँ जित्नु भएको छ । “८ हजार पक्का १ लाख जित्ने मौका” अभियानमा मोटरसाइकल खरिद गर्नुभएका दोङले पहिलो सातामै १ लाख रुपैयाँ जित्न सफल हुनुभएको हो ।

होराइजन अटो प्रालि हेटौंडाबाट पल्सर १ सय ५० सिसिको मोटरसाइकल खरिद गर्नुभएका बारा जिल्लाको निजगढका दोङले १ लाख रुपैयाँ जित्नुभएको होराइजन अटो प्रालिका सञ्चालक लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभएको हो । बज्राचार्यका अनुसार यसअघि पनि हेटौंडाका बजाज खरिदकर्ताहरुले यस्तै चिठ्ठा प्राप्त गरेको छ । यसअघि हेटौंडाको पदमपोखरीका कृष्ण लामाले फोर्ड फिगो कार उपहार प्राप्त गर्नु भएको थियो ।

Exit mobile version