Home मुख्य समाचार गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउनु राज्यको दायित्वः राष्ट्रपति भण्डारी

गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउनु राज्यको दायित्वः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

हेटौंडाः राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्वसुलभ र सहज पहुँचमा पुर्‍याउनु राज्यको महत्वपुर्ण दायित्व भएको बताउनुभएको छ । मंगलबार हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

आधुनिक समयमा विस्तार हुँदै गएको उपभोक्तावाद, मानिसको बदलिँदो जीवनशैली तथा तिव्र वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगको प्रकोप फैलिँदै जानु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले विभिन्न समयमा अचानक देखापर्ने कोभिड–१९ जस्ता नयाँ रोगका साथै डेंगु र हैजा जस्ता महामारीको सामना गर्न सक्षम हुनेगरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने बताउनुभयो ।

‘जनताको स्वास्थ्यका निम्ति आधारभुत एवं विशेषज्ञ सेवा र सुविधाहरु सहजै उपलब्ध गराउन सकिनेगरि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं हेटौंडा अस्पतालको भवन निर्माण सम्पन्न हुनु खुसि र सन्तोषको विषय हो ।’ राष्ट्रपति भण्डारीले भन्नुभयो–‘नेपालको संविधानमा नागरिकका लागि सुनिश्चित गरिएका स्वास्थ्य सम्बन्धि हकको प्राप्तिमा यस प्रतिष्ठानले सघाउ पु¥याउनेमा विश्वस्थ छु ।’

Exit mobile version