Home मुख्य समाचार त्रिवेणीधाममा निर्माण कार्य सुचारु गर्न मन्त्री दूलालको आग्रह

त्रिवेणीधाममा निर्माण कार्य सुचारु गर्न मन्त्री दूलालको आग्रह

त्रिवेणीधाममा निर्माणाधिन संरचनाको अवलोकन गर्नुहुँदै बागतमी प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ।

हेटौंडाः बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कुष्माण्ड सरोवर त्रिवेणी धाममा लकडाउनका कारण स्थगित रहेको निर्माणको कार्यलाई सुचारु गर्न आग्रह गर्नुभएको छ । आज बिहान अवलोकनका लागि त्रिवेणीधाममा पुग्नुभएका मन्त्री दुलालले निर्माणका कामहरू अब सुचारु गर्न आग्रह गर्नुभएको हो ।

कुष्माण्ड सरोवर त्रिवेणी धाममा अहिले हेटौंडा नगरको परिचय भवन निर्माणको क्रममा रहेको छ भने बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३० लाखको लागतमा शवदाह स्थल पनि निर्माण हुने क्रममा रहेको छ । तर सबै निर्माणका काम लक डाउनका कारण स्थगित रहेको छ । शवदाह स्थल निर्माणका लागि सम्झौता गरी काम सुरु गर्न आग्रह गर्दै मन्त्री दुलालले आवश्यक सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । ‘भौतिक दूरी कायम गरी विकास निर्माणको काम गर्न हामीले निर्देशन दिइसकेका छौं, यसै अब तपाइँहरु पनि काम सुरु गर्नुहोस्,’ मन्त्री दुलालले भन्नुभयो । छोटो समयमा त्रिवेणी धामले धेरै प्रगति हासिल गरेको भन्दै उहाँले अध्यक्ष ईश्वरीप्रसाद न्यौपाने तथा विकासका काममा लाग्नेको प्रशंसा गर्नुभयो । एउटा बगरलाई यतिको महत्वपूर्ण क्षेत्र बनाउनु धेरै ठुलो कुृरा हो भन्दै उहाँले यो क्षेत्रको थप विकासका लागि आफूले सकेको सहयोग गर्ने बताउनुभयो ।

उहाँले एसईई परीक्षाका सम्बन्धमा आफ्नो फरक धारणा रहेको सुनाउनुभयो । अहिलेको अवस्थामा एसईई नलिए पनि हुने उहाँको भनाइ छ । अब कक्षा १२ लाई नै हामीले विद्यालय तहको अन्तिम परीक्षा भनेर भनिरहेको अवस्थामा अहिलेको विषमा परिस्थितिमा एसईई परीक्षा नलिई माथिल्लो कक्षामा विद्यार्थीलाई अपग्रेड गर्नुपर्ने उहाँको भनाइ छ । अवलोकनका क्रममा मन्त्री दुलालललाई त्रिवेणीधाम विकास समितिका सदस्य नेत्रबहादुर थपलिया र ज्योति न्यौपानेले सो क्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो ।

Exit mobile version