Home शिक्षा विद्यार्थीलाई स्वेटर र जुत्ता मोजा वितरण

विद्यार्थीलाई स्वेटर र जुत्ता मोजा वितरण

विद्यार्थीलाई सहयोग सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा–६, गौरिटारस्थित बालजागृति युवा बर्ष माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वेटर र जुत्ता वितरण गरिएको छ । मंगलबार जुत्ता, चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिनाको नेतृत्वमा बाल विकास केन्द्रमा अध्ययनरत विद्यार्थीलाई २५ थान स्वेटर, जुत्ता र मोजा वितरण गरिएको हो ।

बाल क्लबका अध्यक्ष प्रसिम गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा २५ जना विद्यार्थीलाई स्वेटर, जुत्ता र मोजा वितरण गरिएको प्रधानाध्यापक सम्झना अधिकारीले जानकारी दिनुभयो । न्यानो कपडाको अभावमा विद्यार्थी नियमित विद्यालय आउन छाडेपछि विद्यालय र विद्यालय व्यवस्थापन समितिको पहलमा सहयोग आव्हान गरिएको उहाँको भनाइ छ । निम्न वर्गीय परिवारका बालबालिका भएकाले न्यानो कपडाको अभाव भएको उहाँले जानकारी दिनुभयो । बालजागृति युवा बर्ष माविमा ३ सय विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version