Home खेलकुद हेटौंडा भेट्रान्स कप फुटबल पुसमा हुने

हेटौंडा भेट्रान्स कप फुटबल पुसमा हुने

प्रतियोगिताको विषयमा जानकारी दिँदै हेटौंडा भेट्रान्स क्लबका पदाधिकारीहरु ।

हेटौंडाः आठौं हेटौंडा राष्ट्रिय भेट्रान्स कप “८” ए साईड रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०७९ आगामी पुसमा हुने भएको छ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुने प्रतियोगिताको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

हेटौंडा–५, पिप्लेस्थित क्याम्पाचौरमा हुने प्रतियोगिता पुस १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने जनाएको छ । प्रतियोगितामा देशभरका २० वटा भेट्रान्स टिम सहभागी हुने क्लबका अध्यक्ष रमेश कुमार उप्रेतीले जानकारी दिनुभयो । प्रतियोगितामा बंगलादेश र भारत गरी दुई भेट्रान्स टिमको पनि सहभागिता रहन सक्ने खेल संयोजक राजकुमार श्रेष्ठले बताउनुभयो । ४० वर्ष माथीका खेलाडीेहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोे श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, दोस्रो हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । खेलमा सर्वश्रेष्ठ कोच पुरस्कार, सर्वश्रेष्ठ फरवार्ड पुरस्कार, सर्वश्रेष्ठ गोलकिपर पुरस्कार, सर्वश्रेष्ठ डिफेन्स पुरस्कार र सर्वश्रेष्ठ मिडफिल्ड पुरस्कार समान ५/५ हजार रुपैयाँ रहेको छ भने प्रतियोगितामा म्यान अफ द सिरिज पुरस्कार नगद १५ हजार रुपैयाँ रहेको खेल संयोजक राजकुमार श्रेष्ठले बताउनुभयो ।

Exit mobile version