Home मुख्य समाचार मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भिर घाईते

मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भिर घाईते

सांकेतिक तस्वीर ।

हेटौंडाः आज सोमबार बिहान १० बजेको समयमा बकैया गाउँपालिका वडा नम्बर ३ हात्तिसुडेँस्थित धरान–चतरा सडक खण्डमा तालढुंगाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३०२०१० प ३५२२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको छ । मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६० वर्षीया जन्तरी माया भोलन गम्भिर घाईते भएकी छिन् ।

भोलनलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागी गम्भिर घाइते भएकी भोलनलाई उपचारको लागी चुरेहिल अस्पताल हेटौंडा ल्याईएको प्रहरीले जनाएको छ । चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

Exit mobile version