Home खेलकुद हेटौंडा फुटबल एकेडेमीलाई खेल सामग्री सहयोग

हेटौंडा फुटबल एकेडेमीलाई खेल सामग्री सहयोग

खेल सामग्री हस्तान्तरण पश्चात् सामुहिक तस्विर खिचाउँदै ।

हेटौंडाः पुर्व राष्ट्रिय फुटबल टिमका खेलाडी हेटौंडाका रामशरण क्षेत्रीले हेटौंडा फुटबल एकेडेमीलाई खेल सामग्री सहयोग गर्नुभएको छ । हाल अष्ट्रेलियामा रहनुभएका क्षेत्रीले क्लबका लागि २० थान जर्सी र ५ थान फुटबल सहयोग गर्नु भएको हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष भीम लामाले जानकारी दिनुभयो ।

खेल सामग्री क्षेत्रीका दाजु ज्ञानु क्षेत्रीले हस्तान्तरण गर्नुभएको हो । खेल सामग्री महिला खेलाडीहरुका लागि रहेको प्रशिक्षक लामाले बताउनुभयो । अहिले हेटौंडा फुटबल एकेडेमीमा करिब १८ जना महिला खेलाडी रहेका छन् । जसमध्ये ९–१० जना मात्र प्रशिक्षणमा आउने गरेको लामाले बताउनुभयो । उहाँले अहिले महिला फुटबल खेलहरु नभएको अवस्थामा पनि क्लबले बेलाबेलामा मैत्रीपुर्ण खेलहरु खेलाउँदै आएको जानकारी दिनुभयो ।

Exit mobile version