Home मुख्य समाचार वक्तृत्वकला प्रतियोगितामा नागश्वतीकी स्वास्थ्य स्वयंसेविका रेखा प्रथम

वक्तृत्वकला प्रतियोगितामा नागश्वतीकी स्वास्थ्य स्वयंसेविका रेखा प्रथम

वक्तृत्वकला प्रतियोगितामा विजेता स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाद्वारा आयोजित १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा नागश्वतीकी स्वास्थ्य स्वयम्सेविका रेखा मैनाली प्रथम हुनु भएको छ । सोमबार हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाहलमा ‘महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो प्रतिवद्धता’ विषयक वक्तृत्वकला प्रतियोगितामा रेखा मैनाली प्रथम हुनु भएको हो ।

यस्तै प्रतियोगितामा वनस्खण्डीकी स्वास्थ्य स्वयम्सेविका मिना पराजुली द्वितीय, हटिया स्वास्थ्य स्वयम्सेविका यशोदा थापा तृतीय हुनुभएको छ भने लामसुरेकी स्वास्थ्य स्वयम्सेविका सञ्चिता भट्राई सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा १९ वटै वडाका महिला स्वास्थ्य स्वयम्सेविकाको सहभागिता रहेको थियो । प्रतियोगितामा घनश्याम घिमिरे, भैरव बहादुर कुमाल, तोयानाथ ढुंगेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले नगरको स्वास्थ्य विकास गर्न स्वास्थ्यतर्फ नीति निर्माण गरी अघि बढ्ने बताउनुभयो । वक्तृत्वकला प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाका नर्सिङ संयोजक मुना थापाको सभाध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको प्रमुख आतिथ्यमा भएको थियो ।

Exit mobile version