Home खेलकुद महिला पत्रकार र महिला संजालबीच मैत्रीपूर्ण फुटसल

महिला पत्रकार र महिला संजालबीच मैत्रीपूर्ण फुटसल

फुटसलको लागि बल हस्तान्तरण गर्दै ।

हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा महिला संजाल र महिला संचारकर्मीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । आज सोमबार भएको प्रतियोगितामा महिला संजाल २–१ को गोल अन्तरले विजयी भएको छ ।

फुटसल खेल्ने तयारीमा ।

महिला संजालको तर्फबाट एलिसा जिम्बा र लक्ष्मी श्रेष्ठले १/१ गोल गरेका थिए । यस्तै, महिला पत्रकारको तर्फबाट सम्झना घिमिरेले एक गोल गरिन् । प्रतियोगिताको उद्घाटनमा वरिष्ठ पत्रकार प्रताप विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version