हेटौंडाः हेटौंडा–२ स्थित विलक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा अजय अग्रवाल चयन हुनुभएको छ । शनिबार भएको संस्थाको १४ औं वार्षिक साधारण सभाबाट यसअघि उपाध्यक्ष रहनुभएका अग्रवाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
यस्तै सहकारीको उपाध्यक्षमा यसअघि संस्थाका सदस्य रहनुभएको भिमादेवी गुरागाईँ, सचिवमा यम बहादुर सिलवाल, कोषाध्यक्षमा भिमकुमार श्रेष्ठ, सदस्यहरुमा सरिद्धि श्रेष्ठ, मधु सुदन खड्का, उमेश अर्याल र कल्पना अधिकारी गरी ९ जनाको कार्यसमिति चयन भएको हो । सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा हेमन्त कुमार ढुङ्गेल, सदस्यहरु गोविन्द प्रसाद सञ्जेल र रघुनाथ खराल चयन हुनुभएको हो ।
शनिबार सहकारीका अध्यक्ष विश्वराज बानियाँको अध्यक्षता तथा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो । ९ सय ७८ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी एक करोड ३६ लाख रुपैयाँ रहेको छ । २ करोड ३३ लाख रुपैयाँ बचत संकलन गरेको सहकारीले ३ करोड ८६ लाख ८० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।