Home मुख्य समाचार निर्वाचनमा ४ दिन विद्यालय बन्द हुने

निर्वाचनमा ४ दिन विद्यालय बन्द हुने

हेटौंडाः आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विद्यालय ४ दिन बन्द हुने भएको छ । मंसिर २ गतेदेखि ५ गतेसम्म ४ दिन विद्यालयमा सार्वजनिक बिदा दिईएको हो ।

यस्तै, मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको छ । आज मंगलबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना सार्वजनिक गरेको हो ।

Exit mobile version