हेटौंडाः मकवानपुरमा बुधबार १४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार दिउँसो सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ जनामा डेंगु पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा १४ जना नै मनहरी गाउँपालिकाका रहेका छन् । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको कुल संख्या ५ हजार ३ सय ६७ जना पुगेको छ । अहिले दैनिक डेंगु परिक्षण गर्नेको संख्या घटेसँगै संक्रमण पुष्टि दर पनि घटिरहेको छ ।
