Home मुख्य समाचार सहायक हवल्दार लिला प्रदेशकै उत्कृष्ट प्रहरी

सहायक हवल्दार लिला प्रदेशकै उत्कृष्ट प्रहरी

हेटौंडाः सामुदायिक प्रहरी सेवा केन्द्र, पशुपतिनगरमा कार्यरत प्रहरी सहायक हवल्दार लिला गुरौ बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । प्रहरी कर्मचारीको मनोवल बढाउन, कार्यक्षमता बढाउन प्रेरित गर्ने गरी बागमती प्रदेश प्रहरी कार्यालयले हरेक महिना प्रदेशको उत्कृष्ट प्रहरी घोषित गर्ने गरेको छ ।

सहायक हवल्दार लिलाले समुदाय–प्रहरी साझेदारीका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेकोले उत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विभिन्न संघ, संस्था तथा स्थानीय नागरिकसँग सहकार्य गरी विद्यालय तथा समुदायमा आत्महत्या रोकथाम, बालविवाह रोकथाम, घरेलु तथा यौनजन्य हिंसा रोकथाम लगायतका सचेतनामूलक कार्यक्रम सञ्चालनमा लिलाको सक्रिय भूमिका रहेको थियो ।

चाडपर्व लक्षित सुरक्षा तथा सचेतनामूलक हेल्प डेस्क स्थापना गर्नुका साथै सुरक्षासँग सम्बन्धित पर्चा, पम्प्लेट वितरण कार्यमा समेत लिलाले प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ । प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयलाई पनि उत्कृष्ट प्रहरी घोषित गर्न निर्देशित गरेको छ ।

Exit mobile version