Home मुख्य समाचार पैदलयात्रुका लागि तीन हजार अण्डा सहयोग

पैदलयात्रुका लागि तीन हजार अण्डा सहयोग

हेटौंडाः मकवानपुरका लायन्स तथा लियो क्लबको अग्रसरतामा हेटौंडामा सञ्चालित यात्रुका लागि खाजा खुवाउने कार्यमा कुखुरा तथा अण्डा सप्लायर्सको काम गर्ने व्यवसायीले तीन हजार एक सय ५० वटा अण्डा सहयोग गरेको छ । हेटौंडा–२, चौकीटोलमा खाजा बनाउने स्थानमै पुगेर व्यवसायी प्रतिमा श्रेष्ठले अण्डा हस्तान्तरण गर्नुभएको हो ।
कुखुरा तथा अण्डा सप्लायर्सको काम गर्ने व्यवसायी मार्फत अण्डा संकलन गरिएको श्रेष्ठले जानकारी दिनुभयो । लायन्स क्लबले वितरण गर्ने खाजामा प्रतिव्यक्ति एउटा अण्डा वितरण गर्न पुग्ने गरी आवश्यकताअनुसार थप अण्डा सहयोग गरिने उहाँले बताउनुभयो । लायन्स तथा लियो क्लबको अग्रसरतामा तयार पारिएको खाजा दैनिक करिब ५ सय यात्रुलाई हेटौंडा–२, चौकीटोल, हेटौंडा–१५, रातोमाटे र हेटौंडा–१९, बस्तीपुरमा खाजा वितरण गरिरहेको छ । हेटौंडा बजारक्षेत्रमा खटिने एक सय सुरक्षाकर्मीलाई पनि दैनिक खाजा खुवाइरहेको लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मीले जानकारी दिनुभएको छ । यस्तै आजै हेटौंडाका सिलाई व्यवसायी मेनका श्रेष्ठले लायन्स क्लबलाई ४ सय थान मास्क सहयोग गर्नुभएको छ । यात्रुहरुलाई वितरण गर्नकै लागि मास्क सहयोग गरिएको हो ।

Exit mobile version