Home समाचार ६६ जना पत्रकारले गराए निःशुल्क आँखा परिक्षण

६६ जना पत्रकारले गराए निःशुल्क आँखा परिक्षण

आँखा परिक्षण गराउँदै पत्रकार ।

हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुरले हेटौंडामा बिहीबार आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६६ जना पत्रकारले आँखा परिक्षण गराएका छन् । विश्व दृष्टि दिवसको अवसरमा महासंघले जिल्लाका पत्रकारहरुलाई लक्षित गरी आँखा शिविरको आयोजना गरेको महासंघका अध्यक्ष मणिराज गौतमले बताउनुभयो ।

महासंघले हेटौंडा सामुदायिक आँखा अस्पतालको समन्वयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म शिविर संचालन गरेको थियो । शिविरमा नेत्र सहायक अफिसर रिना खड्की, नेत्र सहायक मिलन क्षेत्री र आई हेल्थ वर्कर अचला शर्माले परीक्षण गर्नुभएको थियो । अधिकांश पत्रकारहरु कम्प्युटरमा बस्ने भएकाले आँखाको समस्या थाहा पाउन महासंघले शिविर संचालन गरेको अध्यक्ष गौतमको भनाई रहेको छ ।

Exit mobile version