Home मुख्य समाचार बागमती प्रदेशसभाका सभामुख र उपसभामुखको बिदाई

बागमती प्रदेशसभाका सभामुख र उपसभामुखको बिदाई

बागमती प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङलाई बिदाई गरिँदै ।

हेटौंडाः बागमती प्रदेशसभाका सभामुख र उपसभामुखलाई बिदाई गरिएको छ । मंगलबारबाट सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङलाई बिदाई गरिएको हो ।

सभामुख श्रेष्ठ २०७४ माघ २७ गते नेकपा एमालेको तर्फबाट सभामुख निर्वाचित हुनुभएको थियो । नेकपा माओवादी केन्द्रको तर्फबाट उपसभामुख राधिका तामाङ निर्वाचित हुनुहुन्थ्यो । प्रदेशसभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी दुबै जनालाई बिदाइ गरेको हो । सचिवालयका सचिव कृष्णहरि खड्काले सभामुख र उपसभामुखलाई मायाको चिनो दिँदै बिदाइ गर्नुभएको हो ।

Exit mobile version